बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

पोखरा महानगरपालिका–२५का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित हुनुभएको छ । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याउनुभएबापत उहाँ उक्त अवार्डबाट सम्मानित हुनुभएको हो ।

अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पु¥याउनुभएको मानवीय सेवालाई देशले मूल्याङ्कन गरेको उल्लेख छ । उक्त अवार्ड र सम्मानपत्र नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रदान गर्नुभएको हो । विसं २०२८ मा हेम्जामा जन्मनु भएका बाँस्तोला आफ्ना बुबाको सामाजिक कार्य पछ््याउँदै सानैदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा क्रियाशील उहाँ २०४६ सालको जनआन्दोलनसँगै २०६२÷६३ को आन्दोलनमा सक्रिय सहभागी
हुनुहुन्थ्यो ।

शिक्षक सङ्घ कास्कीको सदस्य र सचिव हुँदै केन्द्रीय समितिको सदस्य भइसक्नुभएका उहाँ अम्बिका माध्यमिक विद्यालय र सिर्जना बहिरा आवासीय उच्च माविको प्राचार्य बन्नुभएको थियो ।विसं २०६६ मा नेपाल सरकारबाट शिक्षा मन्त्रालयको विशेष शिक्षा परिषद्को सदस्य पदमा विशेषज्ञको रुपमा नियुक्त बन्नुभएका बाँस्तोलाले प्रजातान्त्रिक विचार समाज, मानव अधिकार तथा शान्ति समाज, एमनेष्टी इन्टरनेशनल, रेडक्रस, लायन्स क्लबलगायत दर्जनौँ सामाजिक सङ्घ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिकामा रहिसक्नुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *