सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा

जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ ।

सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिनुभयो । वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ ।

वडाध्यक्ष शाहीले भन्नुभयो, “बालबालिका दुई सय ६१, ज्येष्ठ नागरिक एक सय ७३, एकल महिला १८ र अपाङ्गता भएका चार जनालाई गाडी रिजर्भ गरेर सेवा प्रदान गरिएको छ ।” त्रैमासिक रुपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ । गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पु¥याएपछि ज्येष्ठ नागरिक सहितका सेवाग्राही खुसी भएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *