वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ ।

गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिनुभयो । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिनुभयो ।

“गौशाला–१२ मा सार्वजनिक हितका लागि जग्गाधनीले देखाउनुभएको चासोले वडावासी सबै उत्साहित छौँ” उहाँले भन्नुभयो, “अब कार्यालय भवन निर्माणको प्रक्रिया तत्काल थालिने छ ।” यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिनुभएको थियो । सो ठाउँमा हाल सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालनमा छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *