एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ

पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ ।

बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटब्युरो बैठक बसेर केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *