उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी सांसद कोइरालाले नेपालको स्थापित मूल्य र मान्यता तथा तटस्थ परराष्ट्र नीतिको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *