धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो ।

बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताउनुभयो । गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले

बताउनुभयो ।

यो यन्त्रमार्फत हर्निया, एपेन्डिक्स र पित्तथैलीको पत्थरी शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिनुभयो । “दुरविन यन्त्रमार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सर्जरी जस्तो, ठूलो घाउबनाउनु पर्दैन, यो आधुनिक प्रविधियुक्त विधि हो”, डाक्टर कुँवरले भन्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौँ जान नपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म अस्पतालमा शल्यक्रिया ‘ओपन सर्जरी’मार्फत गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “औजार उपकरण र दक्षजनशक्ति भएपछि आधुनिक प्रविधिको प्रयोग गरेर उपचारलाई थप सहज बनाएका छौँ, यहाँ आवश्यकपर्ने औजार उपकरण सरकारसँग माग ग¥र्यौं र प्राप्त ग¥र्यौं, अब उपचार थपप्रभावकारी हुने अपेक्षा लिएका छौँ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *