मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका
छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो ।

पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुहरु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *