📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा

🕒 September 9, 2022

कुमारी क्लबले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित मगरगाउँमा रहेको मन्दिरमा विधिपूर्वक पूजा भएको हो । परापूर्वकालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ ।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले धार्मिक महत्वका प्राचीन विषयवस्तुको इतिहास तथा महत्वबारे थप अनुसन्धान गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य बिना श्रेष्ठ सहभागी हुनुभएको समारोहमा कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मन्दिरको संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ९ (क) का सभापति मोहन बस्नेतले विविध जाति, धर्म, संस्कृतिले भरिएको नेपाली समाजमा विद्यमान सबै पर्व तथा संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुमारी क्लबका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सचिव मनोज राजभण्डारी र स्थानीय समाजसेवी दिवाकर थापाले त्यस क्षेत्रको बस्ती विकासका क्रममा खराब शक्तिले स्थानीयवासीलाई दुःख दिन थालेपछि कुमारीको स्थापना गरिएको जनविश्वासबारे जानकारी
गराउनुभयो । सो अवसरमा स्थानीयलाई प्रसाद वितरणसमेत गरिएको थियो ।