चापागाईं र चेपाङ पुरस्कृत

यस वर्षको प्रसिद्ध कणेल स्मृति विकास लेखक राष्ट्रिय सम्मान डा चण्डीप्रसाद चापागाईं र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी राष्ट्रिय सम्मान विश्वास प्रजा (चेपाङ) लाई प्रदान गरिएको छ । नेपालमा सहभागीमूलक विकास पद्धतिको विषयमा अग्रणी प्रवद्र्धनात्मक तथा वकालती भूमिका निभाउँदै आइरहेको राष्ट्रिय सञ्जाल संस्था ‘नेपाल सहभागीमूलक कार्य समूह (नेपान)’ ले २८ औँ वार्षिक साधारणसभाको अवसरमा ती पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रियसभाकी सांसद डा. विमला राई पौड्याल तथा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले प्रदान गर्नु भएको ती पुरस्कारको राशि दश–दश हजार रहेको छ । प्रसिद्ध कणेल स्मृति सम्मान २०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आएकोमा यस वर्षदेखि नेपानबाट थप पुरस्कारको रूपमा भोला दाहाल स्मृति सम्मान पहिलोपटक प्रदान गरिएको हो । सो अवसरमा नेपान सदस्यको रूपमा वर्षभर स्वयंसेवी भावनाबाट उत्कृष्ट सेवा पु¥याएबापत विकासकर्मीहरू रूपा बस्नेत र सम्पद जमरकट्टेललाई पनि सम्मान गरिएको थियो भने नेपानबाट लामो समयदेखि प्रकाशन हुँदै आइरहेका ‘सहभागिता’ त्रैमासिक विकास म्यागाजिनको ५६ औँ अंक र पार्टिसिपेसन अङ्ग्रेजी जर्नलको २२औँ अङ्कको पनि विमोचन गरिएको थियो ।

नेपानका अध्यक्ष डा. अनोज क्षेत्रींको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वअध्यक्ष तथा संस्थापक चेतनाथ कणेल र कोषाध्यक्ष दलबहादुर जिसी, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज कार्की, भोला भट्टराई, उत्तम निरौला तथा तोया गौतमलगायतका वक्ताहरुले नेपालको शिक्षा प्रणालीको गुणस्तर कसरी बढाउने र समग्र विकास प्रणालीमा समावेशिता र सहभागिताको वास्तविक दर्शन, सोच र सिद्धान्तलाई व्यावहारिक तथा नीतिगत विषयमा बोल्नु भएको थियो । साधारणसभाले नेपान कार्यसमितिमा रिक्त कोषाध्यक्षमारूपा बस्नेत र कार्यसमिति सदस्यमा बालकृष्ण शर्मा सिलवाललाई दुई वर्षका लागि चयन गरेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *