पुल भत्किँदा जोखिमपूर्ण यात्रा

सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा खोलामा आएको बाढीले पुल भत्किँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

भदौको दोस्रो साता आएको लगातारको वर्षाले लालपुर खोलामा पानीको बहाव उच्च हुदाँ जीर्ण अवस्थामा रहेको पुल भत्किँदा लालपुर, गरसहा, आभेनगर, चोचारटोल, लालपुर लगायतका बासिन्दालाई गाउँपालिका केन्द्र भगवानपुर बजार आउन जान समस्या भइरहेको छ । पुल भत्केको ठाउँमा बिजुली बाल्ने तीन खम्बाको सहारा लिई जोखिम मोलेर बाटो वारपार स्थानीय गरिहेको छ भने सबभन्दा बढी प्रभावित हनुमानप्रसाद माध्यमिक विद्यालयमा पढने साना बालबालिका र स्थानीय वृद्धवृद्धालाई लच्कने खालको बिजुलीका खम्बामा यात्रा गर्न बढी समस्या भइरहेको छ ।

भगवानपुर–५ लालपुरका नसिबलाल यादवका अनुसार साउनको सुरुमा नै पुलमा अलि चिरा परेको समयमा गाउँपालिकाले मर्मतमा ध्यान नदिँदा अहिले तीन हजार घरधुरी प्रभावित भएको बताउनुभयो । पुल भत्किँदा गाउँमा एम्बुलेन्सलगायतका गाडी आउन सकिरहेका छैनन् । अहिले भगवतीपुरको घुमाउरो बाटो यात्रा गर्न बाध्य भएको स्थानीय सरोज कामैतले बताउनुभयो ।

वडा नम्बर ५ का वडाध्यक्ष अमरलाल यादवले पुरानो जीर्ण पुल भएकाले पानीको बहाव उच्च भई भत्किएको बताउनुभयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डलले अहिलेसम्म पुल भत्केको ठाउँमा मर्मतका विषयमा कुनै छलफल नभएको बताउनुभयो । तत्कालै मर्मतका लागि गाउँपालिका अध्यक्षसँग छलफल गरेर छिट्टै नै मर्मत गराइने उहाँले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *