डिभिजन वनले विभिन्न स्थानमा पर्क निर्माण गर्दै

तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पार्क निर्माण गर्ने भएको छ ।सङ्घीय सरकारको रु ६० लाख र प्रदेश सरकारको रु २० लाख गरी रु ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।

उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको छ । सङ्घीय सरकारमार्फत विनियोजित बजेटबाट चार वटा पार्क निर्माण गरिने कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भानु नगरपालिका–१३ मिर्लुङमा रु २० लाख र बन्दीपुर गाउँपालिकामा रु २० लाखको लागतमा सहिद स्मृति पार्क निर्माणका लागि बजेट प्राप्त भएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सहिद कृष्ण पार्क संरक्षण तथा व्यवस्थापनका लागि रु १० लाख र ऋषिङ गाउँपालिका–७ स्थित सहिद पार्क निर्माणका लागि रु १० लाख प्राप्त भएको उहाँले बताउनुभयो ।
त्यसैगरी प्रदेश सरकारमार्फत चार वटा पार्क निर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । म्याग्दे गाउँपालिका–१ टाइगरहिलस्थित बेलडाँडा हरित पार्क निर्माणका निम्ति रु पाँच लाख, भिमाद नगरपालिका–७ स्थित श्रीकृष्ण सहिद हरियाली पार्कलाई रु पाँच लाख, व्यास नगरपालिका–८ स्थित सोतीवेशी सहिद हरियाली पार्कलाई रु पाँच लाख र घिरिङ गाउँपालिका–२ डुम्रीवेशीस्थित सागुमुख हरित पार्कलाई रु पाँच लाख बजेट विनियोजन भएको सहायक अधिकृत श्रेष्ठले उल्लेख गर्नुभयो ।

“पर्यावरणमा टेवा पु¥याउन भनेर बजेट विनियोजन हुन्छ । बजेट विनियोजन भएको स्थानका उपभोक्ता समितिमार्फत पार्क निर्माणको काम गरिन्छ”, उहाँले भन्नुभयो, “स्थान नै तोकिएर बजेट प्राप्त हुने भएकाले अन्यत्र सार्न मिल्दैन।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *