अर्घाखाँचीमा तीन पदका लागि २९ जनाको उम्मेदवारी

अर्घाखाँचीमा एक प्रतिनिधिसभा र २ प्रदेश सभा सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल र स्वतनत्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराए पनि महिला र दलित एकएक जनाको मात्र उम्मेदवारी परेको छ ।
प्रतिनधिसभाको सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट पुष्पा भुसाल गौतमक(एक मात्र महिला)को उम्मेदवारी परेको छ । दलिततर्फ प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका तर्फबाट ठाकुरकुमार विकको मात्र उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा १ क्षेत्र मात्र रहेको अर्घाखाँची जिल्लामा १२, प्रदेशसभा (क) का लागि आठ र प्रदेश सभा (ख) का लागि नौ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत डा श्रीकृष्ण भट्टराईले बताउनुभयो । विभिन्न राजनीतिक दलले महिला र दलितका लागि भनेर लोकप्रिय नारा, सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सकेका छ्रैनन् । नेपालको संविधानले महिला, दलित तथा अन्य क्षेत्रका लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिला र दलितको उम्मेदवारी धेरै न्यून रहेको छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पूर्वउपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बञ्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाललगायतले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत सुरेश भट्टराईले बताउनुभयो ।

प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य , गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राजमोबाट सागर केसी, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपालीलगायतले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रदेशसभा (ख) का लागि नेपाली कांग्रेसबाट पूर्वपार्टी सभापति सन्धिखर्क नगरपालिकाका संस्थापक नगर प्रमुख कमलप्रसाद भुसाल र एमालेबाट पूर्वप्रदेश सांसद रामजीप्रसाद घिमिरे, राजमोबाट जिवलाल पौडेल, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीवी अर्याल लगायतले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मुख्यत रायमाझी र भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । विसं२०६४ देखि निरन्तर तीन पटक रायमाझी निर्वाचित हुँदै पहिलो र दोस्रो संविधानसभामा माओवादीबाट चुनाव जित्नुभएको थियो ।

उपप्रधानमन्त्रीसम्म बन्नुभएका रायमाझी नेकपा विभाजनपछि नेपपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नुभएको थियो । विसं २०६४को पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचत क्षेत्र २ बाट चुनाव जित्नुभएको थियो । सङ्घीयतापछिको २०७४ को चुनावमा पुष्पा समानुपातिक उम्मेदवार बन्नुभयो । सङ्घीय संसदकी उपसभामुख उहाँ अहिले गठबन्धनको सहयोगमा एमाले सचिव रायमाझीसँग भिड्दहुनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *