📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नेपाली चलचित्रलाई दर्शकको साथ

🕒 October 11, 2022

दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका

छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहनुभएका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ । असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिनुहुन्छ ।

उहाँका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन रु दुई करोडभन्दा बढी छ । उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गर्नुभएका दीपेन्द्र लामा भन्नुहुन्छ, “ चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।”

दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा चलचित्रप्रति जागरण निकै बढेको छ ।”महासचिव महर्जन बताउनुहुन्छ, दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।”