मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ६९ उम्मेदवार

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २६ तथा प्रदेशसभा सदस्य पदका लागि ४३ गरी कूल ६९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा दुवैतर्फ उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा १० जना र (ख) मा १५ जनाले उम्मेदवारी दर्ता गराएको छन् भने प्रदेश निर्वाचन क्षेत्र नं २ को (क) मा आठ र (ख) मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा दुई स्वतन्त्रसहित १६ विभिन्न राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै मकवानपुर क्षेत्र नं २ बाट एक स्वतन्त्रसहित १० विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको सो कार्यालयले जनाएको छ । मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचनमा लड्नका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, एमालेको समर्थनमा सूर्य चिन्हबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले उम्मेदवारी दिनुभएको छ ।

सोही निर्वाचन क्षेत्रका उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्गीन क्षेत्री, नेपाली कांग्रेस (बिपी)बाट सुरेन्द्र भट्टराई, मङ्गोल नेशनल अर्गनाइजेशनका युवराज लामा, सचेत नेपाली पार्टीबाट पञ्चलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभास पौडेल तथा आइतराम तामाङ, लोतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्र चन्द ठकुरी र जनता समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराउनुभएको
छ ।

त्यस्तै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडा र नेकपा एमालेबाट महेश वर्तौलाले, नेपाल मजदुर किसान पार्टीबाट रत्नप्रसाद प्रजापति, राप्रपाबाट राजन नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्रदीपविक्रम न्यौपाने, मालेबाट उद्धवप्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुलाबहादुर लामा र स्वतन्त्रबाट प्रदीप कालाखेतीले उम्मेदवारी दर्ता गराएको कार्यालयका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएकोे छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *