बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन् ।

बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन् । यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *