नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुग्नुभयो

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो ।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *