घरको छतमा ड्रागन खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गर्नुभएको छ ।

तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लाग्नुभएका उहाँले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहनुभएको छ । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उहाँले भन्नुभयो, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।”

यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उहाँको भनाइ छ । “अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ”, उहाँले भन्नुभयो, “यो सिजनमा मैले रु ६०÷७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छुँ ।”

सुरुमा भारतको गुजरातबाट ड्रागनको ३० वटा बिरुवा ल्याएर घरको छतमा लगाएको उहाँले बताउनुभयो । छतमा उत्पादन भएको यसको फलको प्रत्येक बिरुवा रु पाँच सयका दर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“ड्रागनको फल र बिरुवा दुवै बिक्री गर्ने गरेका छौँ, फलको प्रतिकेजी एक हजारको दरले बेच्छौँ”, धामीले भन्नुभयो, “अहिले बारीमा आठ सय ग्रामसम्मको फल लागेका छन् ।” उहाँका अनुसार यसपटक कौसीको ड्रागन फलको बारीमा डेढ क्विन्टल फल उत्पादन भएको छ । भारतबाट भित्रिने फलभन्दा स्वदेशमै उत्पादन भएको फलको स्वाद राम्रो रहेको उहाँ बताउनुहुन्छ ।

“चिसो मौसममा उत्पादन हँुदैन, यो खेतीबाट फल र बिरुवा दुवै बिक्री गरेर आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो व्यवसायबाट सन्तुष्ट छुँ, जीविकोपार्जन गर्न सकिएको छ ।” पछिल्लो समय ड्रागनको फल र बिरुवाको माग अत्यधिक भएकाले पु¥याउन मुस्किल पर्ने गरेको उहाँको भनाइ छ । अर्काको मुलुकमा श्रम बेच्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गरेर विदेशको जस्तै मनग्य आम्दानी गर्न सकिने धामी बताउनुहुन्छ । “त्यसका लागि सरकारले पनि युवालाई स्वदेशमै कृषिमा जोड्ने कार्यक्रम ल्याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *