सडक मर्मत नहुँदा आवतजावतमा समस्या

लाललझाडी र शुक्लाफाँँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ ।
लाललझाडी र शुक्लाफाँँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका–४ चन्दापुरका रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा तरेर ओहरदोहर गर्नु परेको बताउनुभयो ।
पाँच वर्षअघि वनहरा नदीको धार परिवर्तन गरी दोदा नदीमा मिसिएपछि नदीले छाडेको पुरानो बहाव क्षेत्रमा गाउँपालिकाले रु २४ लाख रकम खर्चेर बाँध बाँधेर सडक बनाइएको थियो । यस वर्षको वर्षासँगै आएको वनहरा नदीको बाढीको पानी पुरानो बहाव क्षेत्रमा पस्दा सडक बगाएको हो । “बाढीको पानी नदीको पुरानो बहाव क्षेत्रमा छि¥यो” स्थानीय प्रवेश रानाले भन्नुभयो, “सामान्य तरिकाले राखिएका होमपाइपले पानीको बहाव धान्न सकेन, सडक बगेर पानीको ताल बनेको छ ।”

वैकल्पिक सडक नहुँदा स्थानीयले पानी पार गरेर मात्रै ओहरदोहर गर्नुपरेको छ । “बाढी पस्दाको केही समय सडक बगेको ठाउँमा निकै हिलाम्मे थियो” राजेश रानाले भन्नुभयो, “बाढीले ल्याएको हिलो माटो सुकेको छ, पानी सुकेको छैन, सडक बगेको क्षेत्रमा सामान पिठ्यँुमा बोकेर लैजानु पर्दछ, मोटरसाइकल, साइकललगायतका सवारीका साधन दुई जनाले पानीमा डो¥याएर लैजानु पर्ने बाध्यता छ ।”
अत्यावश्यक सामान ओसार्न, बिरामी अस्पताल लैजान, बालबालिकालाई विद्यालय जान सडककै कारण निकै अप्ठेरो भएको स्थानीय बासिन्दाको भनाइ छ ।
लालझाडी गाउँपालिका– ४ का वडाध्यक्ष बहादुर रानाले सामान्य हिँडडुलका लागि सडक मर्मत गर्ने कार्य सुरु गर्न लागेको बताउनुभयो । “सामान्य बजेटले सडक पूर्ण रुपमा मर्मत गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट रकम व्यवस्थागरी हिँडडुलका लागि सडक मर्मत गर्दैछौँ, केही दिनभित्रै मर्मतको कार्य पूरा गरी आवागमन सुचारु हुन्छ ।”
सडकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न प्रदेश र केन्द्र सरकारसँग रकम माग गर्नका लागि प्रस्ताव पठाइने उहाँको भनाइ रहेको छ । दोदा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यो सडक भएर शुक्लाफाँटा नगरपालिका–१२, लालझाडी गाउँपालिकाको वडा नं १,२,४ लगायतका बासिन्दा ओहरदोहर गर्दै आएका छन । गाउँपालिकाको मुख्य सडकका रुपमा यसलाई लिने गरिन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *