📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

सुर्खेतमा चलचित्र महोत्सव जारी

🕒 November 8, 2022

नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ ।

गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो ।

“महोत्वस भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “चलचित्रप्रति दर्शकको आकर्षण पनि बढेको र उत्साह पनि थपिएको पाएका छौँ ।” गत असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ । आज कात्तिक २२ गते समापनसत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाइनेछ । ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ ।

नेपालस्थित प्रतिनिधिमण्डलकार्यवाहक प्रमुख डा जोयले इभोनेटले काठमाडौँबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको प्रतिक्रिया दिनुभयो । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीवासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने उहाँले व्यक्त गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले युरोपियन युनियनसँग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । फिल्मबाट युरोप र नेपालको सांस्कृतिक र सामाजिक जीवनबारे थाहा पाउन एवं एकापसको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको उहाँले बताउनुभयो । आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न आयोजकलाई उपकुलपति प्रा डा सिंहले सुझाउनुभएको छ ।

चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीलाई महोत्सव समापनको दिन मास्टरक्लास सञ्चालन गर्ने जनाइएको छ । आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए । दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिनुभयो भने सुर्खेत लेकबेँसी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रो लिङ्गीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको जनाउनुभयो ।