स्याङ्जामा तात्यो चुनावी माहोल

वालिङ, २२ कात्तिक ९रासस० ः आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै यहाँका राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

जिल्लामा क्रियाशील रहेका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी समाजवादी०, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी ९पुष्पलाल०, एकीकृत शक्ति नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस बिपीसहितका अन्य स्वतन्त्र दल तथा व्यक्तिहरुले चुनाव चुनाव केन्द्रित गतिविधिलाई तीव्र बनाएका हुन् । दल तथा उम्मेदवारहरुले सम्पर्क कार्यालयहरु खोल्ने, पत्राचार गर्ने, घरदैलो तथा मतदाता भेटघाटका साथै टोलटोलमा पुगेर कोणसभाजस्ता चुनावी गतिविधि बढाएका हुन् ।

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, मङ्गोल अर्गनाइजेसनका चोकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी ९पुष्पलाल० का डोलराज विक, राष्ट्रिय जनमुक्ति पार्टीका रिमिसरा गाहा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, नेपाली कांग्रेस ९बिपी० का गणेशप्रसाद पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीसहित स्वतन्त्रका सागर ढकाल, डालप्रसाद पाण्डे, चिरञ्जीवी पाण्डेय गरी १२ जना चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेश ९क० तर्फ नेपाली कांग्रेसका भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, मङ्गोल नेसनल अर्गनाइजेसनका राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का रामचन्द्र भट्टराई र स्वतन्त्र धनबहादुर गुरुङ उम्मेदवार छन् ।
त्यस्तै प्रदेश ९ख० तर्फ नेपाली कांग्रेसका महेश भट्टराई, नेकपा ९एमाले०का बुद्धिमान श्रेष्ठ, मङ्गोल अर्गनाइजेसनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका खड्कबहादुर झेंडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलप्रसाद डुम्रे, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालले नतिजा आफ्नो पोल्टामा पार्ने गरी गतिविधिहरु अगाडि बढाएका छन् ।

क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव अर्यालबीच प्रतिस्पर्धा हुने देखिन्छ । केन्द्रीयस्तरमा आ–आफ्नो पार्टीमा प्रभाव पार्ने दुई नेताबीचको प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । देशमा जरा गाडेर बसेकोे भ्रष्टाचार अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको नेता गुरुङले बताउनुभयो । भ्रष्टाचार विरुद्ध आफ्नो उम्मेदवारी भएको उहाँको जिकिर थियो । नेता गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिनुभएको हो । जबसम्म भ्रष्ट प्रवृत्ति र आचरण अन्त्य गर्न सकिँदैन तबसम्म विकास निर्माण हुन नसक्ने भएकाले भ्रष्टाचार अन्त्यका लागि चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।

यसअगाडि अधुरा रहेका विकास निर्माण र राष्ट्रिय हितका लागि आफ्नो उम्मेदवारी रहेको एमाले नेत्री अर्यालले बताउनुभयो । स्याङ्जा क्षेत्र नं २ मा वालिङ नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पर्छन् । वालिङका १४ मध्ये १२ वडा, गल्याङका सबै ११ वडा, चापाकोटका सबै १० वडा, भिरकोटका नौमध्ये पाँच वडा र कालीगण्डकीका सात गरी ४५ वडा यो क्षेत्रमा पर्छन् ।

गत स्थानीय तहको निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी हुनुभएको थियो । प्रमुखमा विजयी खाँणले १३ हजार सात सय ७६ मत ल्याएर कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्नुभएको थियो । पराजित खाँणले भने ११ हजार पाँच सय ९३ मत ल्याउनुभएको थियो । उपप्रमुखमा कांग्रेसकी गैह्रेले १२ हजार आठ सय २२ मत ल्याएर एमालेकी खगिसरा थापालाई पराजित गर्नुभएको थियो । थापाले १२ हजार तीन सय ४० मत ल्याउनुभएको थियो ।

वालिङका १४ वडामध्ये नेपाली कांग्रेसले ६ वडा र एमालेले ८ वडामा विजय प्राप्त गरेको थियो । गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नौ हजार ६ सय २१ मत ल्याई विजयी हुँदा एमालेका सूर्यप्रसाद गैह्रेले आठ हजार नौ सय २२ मत ल्याई पराजित हुनुभएको थियो । उपप्रमुखमा कांग्रेसकी हेमा न्यौपानेले नौ हजार एक सय १८ मतसहित विजयी हुँदा एमालेकी देवी थापाले नौ हजार ५५ मत प्राप्त गर्नुभएको थियो । एघार वडामध्ये छ वडामा नेपाली कांग्रेस, पाँच वडामा एमाले विजयी भएको थियो ।

चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो । प्रमुखमा कांग्रेसका देवबहादुर खाँणले सात हजार चार सय ९० मतसहित विजयी हुँदा एमालेका राजु कोइरालाले छ हजार पाँच सय ५५ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसकी इशा रानाले सात हजार चार सय १३ मत प्राप्त गरी विजयी हुँदा एमालेकी सृृष्टि मल्लले छ हजार तीन सय ७६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले पाँच वडा र एमालेले पाँच वडा जितेका थिए । भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । वडा नं १, २, ३ र ४ स्याङ्जा क्षेत्र नं १ मा पर्छन् भने ५, ६, ७, ८ र ९ वडा क्षेत्र नं २ मा पर्छन् । भिरकोट नगरपालिकामा वडा नं ६ को अध्यक्षबाहेक अरू सबै वडाध्यक्ष तथा सदस्यहरु नेपाली कांग्रेसले जितेको थियो ।

कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो । अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा साबित्रा कोइराला विजयी हुनुभएको थियो । थापाले छ हजार सात सय र कोइरालाले छ हजार दुई सय २३ मतसहित निर्वाचित हुनुभएको थियो । अध्यक्षमा पराजित कांग्रेसकी माया रानाले पाँच हजार ५५ र उपाध्यक्षमा पराजित जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार तीन सय ३० मत प्राप्त गर्नुभएको थियो । सातवटा वडामध्ये कांग्रेसले चार र एमालेले तीन वडामा जितेको थियो । क्षेत्र नं २ मा ४५ वडामध्ये नेपाली कांग्रेस २५ वडा र नेकपा एमाले २० वडामा विजयी भएको थियो ।

नेपालको कानुनमा भ्रष्टाचारसम्बन्धी छिद्रहरु रहेको हुँदा समसामयिक ऐन संशोधन गरी भ्रष्टाचार विरोधी अभियान कार्यान्वयनका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनु आवश्यक रहेको नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले बताउनुभयो । नागरिकको पहुँचमा पुग्ने गरी सरकारका बजेटहरु निर्माण गर्न र जनतालाई न्याय दिलाउनाका साथै देशको समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु kg]{sdरिवारवाद, आफन्तवाद, राजनैतिक कुसंस्कार र भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँदै आउनुभएका कांग्रेसका केन्द्रीय उपसभापति गुरुङलाई प्रतिनिधिसभामा, भोजराज अर्याल, महेश भट्टराईलाई प्रदेशसहित समानुपातिकका उम्मेदवारहरुलाई विजयी गराउने गरी


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *