निर्वाचनपछि गठबन्धनकै सरकार ः नेकां प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गर्नुभएको

छ । उहाँले भन्नुभयो , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।”

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले सम्पूर्ण नागरिकहरुलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएकाले बताउनुभयो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका नेताडा महतले भन्नुभयो “कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन , जे बोल्छ त्यो पूरा गर्छ ।

मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्र विन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिनु हँुदै उहाँले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणापत्रमा ल्याएको बताउनुभयो । एक प्रश्नको जवाफमा पार्टीका प्रवक्ता डा महतले मुलुकमा रोजगारीको सिर्जना गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भनेर सरकारी उद्योग निजी क्षेत्रमा हस्तान्तरण गरेको हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *