📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

🕒 November 17, 2022

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ । गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काको अभिनय रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत् सार्वजनिक भएको हो ।

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याँै’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।