काठमाडौँ–६ : शिशिरको अग्रता कायमै

काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि २४ हजार एक सय ४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले आठ हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो ।

यस्तै दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले पाँच हजार तीन सय ४२ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार तीन सय १० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारबाट गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । कूल ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *