झण्डै एक हजार मतले पछि परे पूर्वमन्त्री जोशी

बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशी एमालेका उम्मेदवारभन्दा झण्डै एक हजार मतले पछि पर्नुभएको छ । एमालेका उम्मेदवार ऐनबहादुर महरले तीन हजार आठ सय ८७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार दुई हजार नौ सय १० मत अर्थात् नौ सय ७७ मतले पछि पर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार प्रदेशसभा (१) मा कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार अफिलाल ओखेडाभन्दा ६७ मतले मात्रै गठबन्धनका पृथ्वीबहादुर सिंह अगाडि देखिनुभएको छ ।

ओखेडाले दुई हजार तीन सय ६० मत ल्याउँदा सिंहले दुई हजार चार सय २७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार एलबी रावलले एक हजार सात सय ६३ मत ल्याउँदा गठबन्धनका भीम भण्डारीले एक हजार चार सय ७४ मत प्राप्त गर्दै पछ्याइरहनुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *