पर्सा–२(२)मा कुर्मी निर्वाचित

पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी हुनुभएको हो ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *