प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार एक सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँ सुरूआती चरणबाट नै अग्रस्थानमा हुनुहुन्छ । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले पछ्याउँदै आउनुभएको । सागरले आठ हजार छ सय मत ल्याउनुभएको

छ ।

अब १८ हजार नौ सय ६० मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले चार हजार सात सय एक मत ल्याएर तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । दुई हजार ७२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *