बर्दिया–१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता, कांग्रेस पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत बर्दिया क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूको अग्रता कायमै रहेको छ ।

वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमलाई एक सय ५२ मतले पछि पार्दै थारू अग्रस्थानमा

हुनुहुन्छ । पैतीस हजार तीन सय ३८ मत गणनामा थारूले १० हजार छ सय ६२ र गौतमले १० हजार पाँच सय १० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (एमाले)का लक्ष्मणराज ज्ञवालीले आठ हजार सात सय ९६ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले चार हजार ६२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना गरिएको मतमध्ये एक हजार नौ सय छ मत बदर भएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *