बाँके–२ (१) मा यादव विजयी

बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी हुनुभएको छ ।

यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको थियो । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।

बाँके क्षेत्र नं २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *