📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

गौतमको राजनीतिक जीवन

🕒 November 25, 2022

गत संसदीय निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चित बन्नुभएका सञ्जयकुमार गौतम तेस्रोपटक सांसदमा निर्वाचित हुनुभएको छ ।

विसं २०२० वैशाख १३ गते बर्दियामा किशोरकुमार गौतम र रक्षा गौतमको सुपुत्रका रुपमा जन्मनुभएका सञ्जयकुमारले २०३६ सालमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा आरम्भ गर्नुभएको हो । विसं २०४६ पछि उहाँले कांग्रेसको क्रियाशील सदस्यता लिनुभयो । उहाँले कांग्रेसको गुलरिया सचिव, क्षेत्रीय कार्य समिति सदस्य, कांग्रेस बर्दिया जिल्ला कार्य समिति सदस्य हुँदै जिल्ला सभापतिका रुपमा जिम्मेवारी बहन गर्नुभएको थियो । जिल्ला सभापतिपछि उहाँले केन्द्रीय कार्यसमिति सदस्य भएर पनि काम गर्नुभएको छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट निर्वाचित भई गौतम संविधान निर्माणमा सक्रिय हुनुभयो । यही कार्यकालमा २०७४ साउन ११ गतेदेखि २०७४ फागुन ३ गतेसम्म उहाँ सिँचाइमन्त्री बन्नुभयो । विसं २०७४ को संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट उहाँले एमाले उपाध्यक्ष वामदेवलाई हराएपछि चर्चामा आउनुभयो ।

गौतम ३० हजार छ सय ११ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार गौतमले चार हजार चार सय ५६ मतको अन्तरले विजयी हुनुभएको हो ।

विकासमा विशेष रुची राख्नुहुने गौतमले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिक आन्दोलनका क्रममा पटकपटक गरी सात महिना जेल जीवन बिताउनुभएका उहाँ विकास अभियानकर्मीका रुपमा समेत परिचित हुनुहुन्छ । संविधानसभाको पहिलो निर्वाचनमा पराजित हुनुभएका गौतम संविधानसभाको दोस्रो निर्वाचनपछि निरन्तर संसदीय यात्रामा हुनुहुन्छ । राज्यबाट उहाँले संविधानसभा पदकसमेत प्राप्त गर्नुभएको छ ।