📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै

🕒 November 25, 2022

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले पाँच हजार सात सय ८२ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार पाँच सय २० मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच एक हजार दुई सय ६२ मतान्तर रहेको छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार नौ सय नौ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले एक हजार सात सय चार मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२) मा एमालेका कर्णबहादुर मल्लले एक हजार तीन सय ५० र नेकपा ( माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले एक हजार सात सय १७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।