ललितपुर–३ को प्रदेशसभा (२) मा एमालेका महर्जन विजयी

ललितपर क्षेत्र नं ३ को प्रदेशसभा (२) बाट नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलाई एक हजार २८ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार महर्जनले नौ हजार ५८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले आठ हजार ३० मत प्राप्त गर्नुभयो । राप्रपाका उम्मेदवार सविनकुमार खड्काले सात हजार सात सय ४५, नेमकिपाका नरेश महर्जनले एक हजार पाँच सय दुई तथा जनता समाजवादीका दीपक दोर्जे लामाले तीन सय एक मत प्राप्त गर्नुभयो ।

यस्तै, लोकतान्त्रिक समाजवादीका प्रकाश खड्गीले एक सय ८३, नेश्ललिष्ट पिपुल्स पार्टीका मनिमान निजानन्दले एक सय १४ तथा स्वतन्त्र उम्मेदवारद्वय विनोद कुँवरले पाँच सय एक र विपिन शाहले तीन सय २१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ४५ हजार ३५ मतदाता थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *