सङ्खुवासभामा (१) ः माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले विजयी हुनुभएको हो ।

त्यस्तै नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनुभएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा(२)को मतगणना जारी छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *