सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित हुनुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *