📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘निजी क्षेत्र विकासको साझेदार’

🕒 November 29, 2022

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रद्वारा सञ्चालित सिसं २९ कमाण्ड तथा स्टाफ तालिमका सहभागीसँग सोमबार भएको अन्तक्र्रियामा उहाँले सङ्घले गरेका विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

पोखराको शिक्षा र भौतिक निर्माणमा सङ्घले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले लगानी गरेपछि नाफा–घाटा दुवैको जोखिम रहने उल्लेख गर्नुभयो । राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको उहाँको भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने बताउनुभयो । सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन, विदेशी छ जनासमेत ४२ प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो । सेनानी प्रसन पुनले नेपालको आयात–निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपायबारे जिज्ञासा राख्नुभयो भने सेनानी सावित्री जिसीले आयातित वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन गर्नुपर्ने प्रयास सम्बन्धमा प्रश्न गर्नुभएको थियो ।

सेनानी सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्न सक्छ भन्ने जिज्ञासा व्यक्त गर्नुभयो । उक्त अवसरमा सेनानी राजविक्रम ठकुरी, उमेश खड्का, सशस्त्रका प्रहरी नायब उपरीक्षक आनन्द थापामगर, मेजर वेदबहादुर खड्का, दीपेन्द्र भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यलगायतले बोल्नुभएको थियो ।