सोलुखुम्बुका एक हजार परिवार बिजुलीबिहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य
छन् ।

महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीबिहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।

बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरुलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएको स्थानीय मनुहाङ किराँतीले
बताउनुभयो ।

मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताउनुभयो । “बिग्रिएको मेसिन मर्मत गर्न काठमाडौँ पठाएका छौँ, ढिलोमा एक साताभित्र सेवा पुनः सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *