बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता

बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गर्नुभएको छ । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले नौ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले दुई हजार तीन सय ८१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *