चुनावमा उपाध्यक्ष मिश्रले गरे रु. २४ लाख रु. २४ लाख ४९ हजार खर्च

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मिश्रले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका हुन्।

उनले भर्खरै सम्पन्न निर्वाचनको समयमा रु. २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारि गर्दै चुनावी अभियानका क्रममा मिश्रलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गरे।

‘निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ।’, विज्ञप्तिमा उल्लेख छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *