दुर्घटनामा एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नं को टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उहाँले जानकारी
दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *