📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

होटल तथा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा गजुरेल

🕒 December 6, 2022

हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरुले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने दृढ सङ्कल्प गरेका हुन् ।

जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने कार्यसमेत अगाडि बढाउने जनाइएको छ । कोठामा तातोपानीको व्यवस्थापन गर्नेे तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको सङ्घले जनाएको छ ।

अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन हुनुभएको छ ।

सदस्यमा छविलाल पौडेल (राम), सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहनुभएको छ ।
सबै होटल तथा लज आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ स्थायी लेखा नम्वर लिने, सरकारी दस्तुर समयमै बुझाउने, समयसाक्षेप होटल तथा लजको सुदृढीकरण गराउने, व्यवसायीको हितमा आवाज उठाउने र पाहुनालाई गुणस्तरीय सेवाप्रवाहको विषयमा अनुगमन गर्ने जनाइएको छ ।

अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टेसमेतका क्षेत्रका होटललाई व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा पु¥याउन केन्द्रित रहने बताउनुभयो ।