📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

🕒 December 12, 2022

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उहाँले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले विश्व अर्थतन्त्रलाई मजबुत बनाउन कृषि क्षेत्रमा उत्पादनको महत्व हुने उल्लेख गर्दै विश्वमा शक्ति सम्पन्न राष्ट्रका बीच देखा परेको तनाव तथा ठूला भनिएका मुलुककमा भइरहेका युद्वले विश्वमा गरिबी बढने, जनताको खाद्य सम्प्रभुता अधिकार लागू हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

युद्वका कारण विश्वको कृषि उपजको उत्पादन तथा उत्पादकत्वलगायत समग्र क्षेत्रमा प्रतिकुल असर देखा पर्ने भन्दै उहाँले नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले मानवीयताविरुद्ध विश्व परिवेशमा भएका सबै खाले युद्व रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले किसान वर्गको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई आर्थिक रुपान्तरण गर्ने, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित
गर्ने विषयमा बैठकमा छलफल केन्द्रीत गर्न सहभागी राष्ट्रका प्रतिनिधिलाई सुझाव दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले विश्वव्यापी रुपमा कृषि क्षेत्रको उत्पादनमा आएको समस्या तथा तिनका समाधानका सामूहिक उपायबारे बैठकमा छलफल गरिने बताउनुभयो । ललितपुरको गोदावरीमा आजदेखि आगामी पुस २ गतेसम्म हुने बैठकमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंकालगायत ८० राष्ट्रका किसान सङ्गठनका नेतृत्व तथा प्रतिनिधिको सहभागी छन् ।