📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

जैमिनीमा एक माध्यमिक विद्यालय एक अक्षयकोष अभियान

🕒 December 16, 2022

जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।

सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको
छ । दाताहरुकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताउनुभयो ।
पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । उक्त संस्थाले विद्यालयमै रहनेगरी प्रतिविद्यालय रु १५ हजार प्रदान गरेको हो ।

कोषबाट आउने वार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति प्रदान गर्न अन्य स्रोत खोजी गरी कोष वृद्धि गर्नसक्ने उहाँले बताउनुभयो ।

पहिलो चरणमा पाँच वटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिएको भए पनि क्रमशः १० वटै वडाका एक÷एक वटा विद्यालयमा पु¥याइने संस्थापक चापागाईंले जानकारी दिनुभयो । उक्त संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यबाट स्वःस्फूर्त सहयोग सङ्कलन गरेर कोषका लागि पैसा जम्मा गरेको थियो ।