📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

🕒 December 19, 2022

भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विहारमा न्यूनचापीय प्रणालीको सानो प्रणाली देखापरेकाले देशका पूर्वी भेगमा बादल बढ्ने र हिमपात हुने सम्भावना छ, केही क्षेत्रमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।”

विशेषगरी प्रदेश १ र बागमती प्रदेशमा बढी बद्ली रहने मौसमविद् अधिकारीले उल्ललेख गर्नुभयो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहनुका साथै बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिका समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । राजधानी काठमाडाँै उपत्यकाको आकाश बिहान सामान्य बद्ली रहे पनि मध्याह्नदेखि पारिलो घाम लागेको छ ।