दलित समुदायका परिवारलाई कपडा वितरण

सशस्त्र प्रहरी परिवार महिला सङ्घ केन्द्रीय कार्यकारिणी समितिले यहाँका एक सय ४० दलित समुदायका परिवारलाई कपडा वितरण गरेको

छ ।

चिसोमा तातो गरेर बस्ने कपडासमेत नभएको यो बस्तीमा डस्ना, ओड्ने कपडा वितरण भएपछि आफूहरुले राहत महसुस गरेको भेरी नगरपालिका–११ कटिगाउँका बासिन्दा दामोदर बरले बताउनुभयो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घ केन्द्रीय कार्यकारिणी समितिले राहत वितरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको थियो । महानिरीक्षक अर्यालयले दुर्गममा सेवा गर्ने आफूहरुको योजना भए पनि ठाउँको खोजी जारी रहेको सन्दर्भमा जगतीपुरमै घर भएर सशस्त्र प्रहरीमा कार्यरत राजु हमालले कटिगाउँका विषयमा जानकारी गराएपछि आफू स्थलगत रुपमै राहत लिएर यहाँ पुगेको जानकारी दिनुभयो ।

यहाँका बस्तीका बासिन्दा घर नै छाडेर पलाएन भएको देखि ऋणमा डुबेर घरखेत नभएको जानकारी आएपछि राहतस्वरुप कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष अनिता लामिछाने अर्यालले बताउनुभयो ।

मध्यपहाडी लोक मार्ग छेउमै रहेको दलित बस्तीमा बर्सेनि खाद्यान्नको समस्याले गर्दा हैरानी हुने गरेको छ । आफूले उत्पादन गरेको अन्नले छ महिना पनि नपुग्ने कटिगाउँका अधिकांश पुरुष कमाउन भारत गएका छन् । उक्त दलित बस्तीमा औपचारिक शिक्षा लिनेको सङ्ख्यसमेत कम रहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *