📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

🕒 December 21, 2022

निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो ।

ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ ।

ठूलोटारको चारैतिर एक सय पिल्लर गाड्ने कार्यक्रम अनुसार अहिले पिल्लर गाड्ने काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । “जथाभावी रुपमा व्यक्तिगत प्रयोगका लागि सार्वजनिक जग्गा अतिक्रमण भएको छ, नीति तथा कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण गर्ने उल्लेख गरिएको छ” उहाँले भननुभयो,–“अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गरी हरियाली सुन्दर सहर बनाउनेछौँ” ।

लामो समयदेखि स्थानीय घरवालाले लैजान नदिएको बाटोको विवाद समाधान गर्दै अमिन लगेर सार्वजनिक जग्गा नापजाँच गरी ठूलोटारको चारैतर्फ जग्गा संरक्षण अभियान सुरु भएको वडाले जनाएको छ । ठूलोटार क्षेत्रमा रहेको ८४ रोपनी सार्वजनिक जग्गामध्ये करिब नौ रोपनी जग्गा अतिक्रमणमा परेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । रामपुर नगरपालिकासँग समन्वय गर्दै सार्वजनिक जग्गा संरक्षण तथा बालखेल संसार समितिले पनि दबाब दिँदै आएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले सूचनासमेत निकालेको थियो ।

राष्ट्रिय गौरवका आयोजनाबाट सञ्चालन भएका क्षेत्रबाट सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत रामपुर– ५ स्थित मटेरी ठूलोटार र २ स्थित भलायटारमा विवादले काम ठप्प रहेको सडकमा सार्वजनिक जग्गा किटान गरी अहिले काम सुरु गरिएको नगर प्रमुख थापा बताउनुहुन्छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर घर, भवन तथा विभिन्न संरचना बनाउने कार्य बढ्न थालेसँगै नगरले यसवर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिएर अगाडि बढेको छ ।