कालीकोटमा खाद्यान्न किन्न उपभोक्ताको भीड

कालीकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न किन्ने उपभोक्ताको वृद्धि हुँदै गएको छ । पछिल्लो समय बजारमा खाद्यान्नको मूल्यवृद्धि भएपछि कम्पनीको खाद्यान्न किन्ने उपभोक्ताको भीड लागेको हो ।बजारमा रु दुई हजार तीन सय पर्ने चामल कम्पनीले रु एक हजार सात सय ५० बिक्रीवितरण गर्दै आएको छ ।

कम्पनीको एकबोरा चामलमा रु छ सयभन्दा सस्तो पर्ने भएकाले आफू सधैँ कम्पनीमा नै खाद्यान्न किन्ने गरेको खाँडाचक्र नगरपालिका–१ का नरबहादुर विकले बताउनुभयो । “बजारमा खाद्यान्नको मूल्य छोइसक्नु छैन । दिनदिन बजार मूल्य बढेका कारणले म खाद्य डिपोमा खाद्यान्न ल्याउँछु”, उहाँले भन्नुभयो, “बजारमा पाइने खाद्यान्नभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धेरै मूल्य कम छ ।”

बजारमा खाद्यान्नको मूल्य वृद्धि हुँदै जाँदा कम्पनीले चामलबाहेकका अन्य खाद्यान्न पनि बिक्री वितरण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

कम्पनीले अन्य ठाउँमा चामल, दाल र गहुँ बेच्ने गरेकोले यहाँ पनि चामल, दाल र गहुँ खरिद गरेर बिक्री गर्नुपर्ने खाँडाचक्र नगरपालिका–३ का जसीप्रसाद पाण्डेले बताउनुभयो ।

डिपोमा चामलको माग बढिरहेको कम्पनी प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो । “यहाँ खाद्यान्न झर्नेबित्तिकै खरिद गर्ने उपभोक्ताको लाइन लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “विगतको भन्दा अहिले खाद्यान्न खरिद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।”

जिल्लामा चालु आर्थिक वर्षका लागि मान्म शाखा कार्यालयमा चार हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएमा हालसम्म एक हजार छ सय ७० क्विन्टल चामल पुगेको र दुई हजार आठ सय ३० क्विन्टल आउन बाँकी रहेको कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका अन्य पाँच डिपो रहेको ती डिपोहरूमा एक–एक हजार क्विन्टल खाद्यान्न कोटा तोकिएकोे जनाइएको छ ।

कम्पनीका अनुसार पलाँता गाउँपालिकाको थिर्पु, धौलागोह, महावै गाउँपालिकाको पादमघाट र तिलागुफा नगरपालिकाको खल्लामा तोकिएको एक–एक हजार क्विन्टल खाद्यान्न बिक्री भइसकेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *