जापानमा कोभिडको आठौँ लहर, दुई लाख भन्दा धेरै सङ्क्रमित थपिए

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा आज १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ ।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका छन् । पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *