जन्म कैद सजाय पाएका फ्रान्सेली नागरिक चार्ल शोभराज आज काठमाण्डौको केन्द्रिय जेलबाट रिहा भएका छन। बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेको जनाइएको छ।
दुई विदेशी नागरिकको हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका चार्ल्स शोभराज १९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका थिए। यसअघि बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनि बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सम्बन्धित देशमा पठाउने आदेश जारि गरिएको थियो।
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेको अनुसार कारागारभित्रैबाट गाडीमा राखेर कालिकास्थानस्थित अध्यागमन विभाग लगिएको छ। यस्तैगरी उनलाई आजै स्वादेश फर्काउने तयारी भइरहेको समेत जनाइएको छ।

Leave a Reply