अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

बाँकेको नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित एक होटलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङ घोराही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सागर जिसि समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा बसेका उनीहरूले अवैध लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

यस्तै कञ्चनपुर भिमदत्त नगरपालिका-१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम १५ मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई थुनामा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *