एमालेको संसदीय दलको नेतामा अधिकारी निर्वाचित

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी निर्वाचित भएका छन् । अधिकारी गत मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा कास्की–१ (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

आइतबार पोखरामा बसेको एमाले सांसदको बैठकले अधिकारीलाई निर्विरोध चयन गरेको हो । कुल ६० सदस्यीय प्रदेशसभामा गण्डकी प्रदेशसभामा २२ प्रदेशसभा सदस्य एमालेका छन् ।

पीपीको नेतामा निर्वाचित भएपछि अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *