सूर्यविनायकमा आगलागी: पाँचमहिने शिशुको मृत्यु

सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ ।

रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिनुभयो ।

आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी शिशुको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा लगिएकामा उपचारकै क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

आमाबुबा कोठामा नभएको र पाँचवर्षे दाजु मात्रै कोठामा रहेको बेलामा भएको आगलागीमा कोठामा रहेका सोफा र अन्य सामग्रीसमेत जलेर क्षति पुगेको उहाँले जानकारी दिनुभयो । आगलागी के कारण र केबाट सुरु भयो भन्नेबारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *